
उर्लाबारी, २० भदौ
मोरङको उर्लाबारीका दुई युवा नेपाली काँग्रेस तरुण विभाग प्रदेश १ सदस्यमा मनोनित भएका छन् । उर्लाबारी–४ का रेवत सुवेदी र उर्लाबारी–३ का रेसु कट्वाल मनोनित भएका हुन् ।
काँग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय तरुण विभाग प्रमुख शंकर भण्डारीले उनीहरुलाई मनोनित गरेका हुन् । प्रमुख भण्डारीले लोकतन्त्रप्रति आस्था राख्ने युवा तरुणहरुलाई समन्वय गरी गतिशील बनाउन सुवेदी र कट्वालको भूमिका महत्वपूर्ण हुने विश्वास गरेका छन् ।
नेविसंघदेखि राजनीति सुरु गरेका रेवत सुवेदीले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए । ‘पार्टीले दिएको जिम्मेवारी बहन गर्दै संगठनलाई गतिशील बनाउन निष्ठापूर्वक लाग्ने छु’ उनले भने । उनले केन्द्रीय तरुण विभागको निर्णय अनुसार आफूलाई प्रदेश १ सदस्यमा मनोनयन गर्ने विभाग प्रमुख भण्डारीसहित सिंगो विभागप्रति आभार प्रकट गरेका छन् ।



