About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, १८ भदौ
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश १ का १० जिल्लामा वडा अधिवेशन भएको छ । शुक्रबार ती जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश १ का १४ जिल्ला मध्ये ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, ओखलढुंगा र उदयपुरमा वडा अधिवेशन भएको छ । अधिवेशन हुन नसकेका झापा, सुनसरी र सोलुखुम्बुमा केही दिनमै वडा अधिवेशन हुने जनाएको छ । मोरङ जिल्लाको भने क्रियाशील सदस्यता टुंगो नलागेका कारण अधिवेशन रोकिएको छ ।
वडा अधिवेशनले न्यूनतम १५ जनादेखि अधिकृतम ७५ जनासम्म क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछ । एक सय ५० जना क्रियाशील सदस्य रहेको वडामा १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भने त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०–१० जना बढ्दै जाने कांग्रेसको वैधानिक व्यवस्था छ । तर, त्यो संख्या ७५ भन्दा माथि हुन पाउँदैन । यसरी वडा अधिवेशनबाट देशभरका १६५ निर्वाचन क्षेत्रीय अधिवेशनका लागि ४५ हजारभन्दा धेरै क्षेत्रीय अधिवेशन प्रतिनिधि चुनिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय