About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, १८ भदौ
नेकपा एमाले विभाजन भएपनि झापाका सबै जनप्रतिनिधि मूल पार्टीमै रहने भएका छन् । पार्टी विभाजनको असर केन्द्रदेखि वडासम्म परेको बेला झापाका एक जना जनप्रतिनिधिपनि नेकपा (एस) को पक्षमा खुलेका छैनन् ।
झापाबाट प्रतिनिधिसभामा ३ र प्रदेश सभामा ९ क्षेत्र जितेको छ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित केपी ओली, एलपी साँवा लिम्बू र पवित्रा निरौला खरेल तथा समानुपातिक सांसद कुमारी मेचे र विमला विक, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल एमालेमै छन् । यस्तै, एमालेबाट निर्वाचित सबै प्रदेश सांसद माउ पार्टीमै खुलेका छन् । झापाका १५ स्थानीय तहबाट एमालेले जितेका ६ मेयर, ८ उपमेयर, १ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्षसहित ४९३ जनामध्ये एक जनाले पनि नेकपा (एस) रोजेका छैनन् ।
उता, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी पनि एमालेमै रहने भएका छन् । निर्वाचन आयोगले दिएको समय २२ गतेसम्म रहेकोमा आजसम्म एकजना पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि नयाँ दल रोज्नका निर्वाचन कार्यालय पुगेका छैनन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय