About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघका आगामी भदौ ३१ गते हुने निर्वाचनका लागि १६ पदमा ३४ जनाको उम्मेद्वारी परेको छ । निर्वाचन समितिले आज दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।
प्रगतिशील साझा प्यानल र लोकतान्त्रिक प्यानलबाट १६÷१६ जना तथा दुई स्वतन्त्र उम्मेद्वारी परेको छ । निर्वाचन समिति संयोजक महेन्द्रजंग तामाङका अनुसार अध्यक्ष पदमा तारामान सिरेङ लिम्बू र शेरबहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् । लिम्बू लोकतान्त्रिक प्यालन र भण्डारी प्रगतिशील साझा प्यानलको नेतृत्व गर्दै निर्वाचनमा होमिएका हुन् ।
प्रगतिशील साझा प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिवमा सम्झना खतिवडा आचार्य, उद्योग सचिवमा डिल्लीराम खतिवडा, बाणिज्य सचिवमा यज्ञबहादुर बस्नेत (भीरगाउँले) र कोषाध्यक्षमा राजनप्रसाद दाहालले मनोनयन दर्ता गराएका छन् । सो समूहबाट कार्यसमिति सदस्यमा नुतन राई, अनिल साहु तेली, नरेन्द्र थापा (जर्मन), नित्तम चौहान, निलप्रसाद गौतम, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी तथा लेखा सदस्यमा राधिका काफ्ले र फुर्वा तामाङ उम्मेद्वार बनेका छन् ।
यस्तै, लोकतान्त्रिक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ (दिलु), उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बाङगाई), बाणिज्य उपाध्यक्षमा निर्मला चौहान (निरु), महासचिवमा हेमराज गुरुङ, उद्योग सचिवमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिवमा भेषबन्दु निरौला र कोषाध्यक्षमा कृष्णराज गिरीले मनोनयन दर्ता गराएका छन् । यो समूहबाट कार्यसमिति सदस्यमा नवीन श्रेष्ठ, भीम घिमिरे, बेचन यादव, योबाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ तथा लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार रहेका छन् । कार्यसमिति सदस्य पदमा दुई जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । गोपाल भण्डारी र सरस्वती खरेलले सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् ।
उर्लाबारी उद्योग वाणिज्य संघमा यस पटक नेकपा एमाले, नेकपा (एस), नेकपा माओवादी केन्द्र र राप्रपा मिलेर प्रगतिशील साझा प्यानल तथा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लिम्बुवान मिलेर लोकतान्त्रिक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । संघमा १७ सय ४ जना मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत महेन्द्रजंग तामाङले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय