
उर्लाबारी, १८ भदौ
उर्लाबारीका उर्जाशील युवा व्यवसायी प्रेम याक्खा राजनीति र समाजसेवालाई एक साथ अगाडि बढाउँदै आएका छन् । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत उर्लाबारी–४ को वडा सभापतिका प्रत्यासी याक्खा वडामा पार्टीको बलियो संगठन बनाउने लक्ष्य लिएका छन् । कुनै गुट उपगुटमा नलागी वडामा पार्टीलाई बलियो बनाउन आफ्नो उम्मेद्वारी रहेको उनले बताए ।
उर्लाबारीको सामाजिक कार्यमा सक्रिय याक्खाले पार्टीलाई चलायमान बनाउन पनि उत्तिकै योगदान गरेका छन् । पार्टीको काम दत्तचित्त भएर सक्रियता जनाएकै कारण वडाका काँग्रेसजन याक्खाप्रति नतमस्तक छन् । ‘राजनीति खहरे जस्तो होइन, निरन्तर बगिरहने नदी जस्तो हुनुपर्छ’ याक्खा भन्छन्, ‘राजनीतिक कार्यकर्ताले एक समयमा आएर बग्ने र एक समयमा सुक्ने जस्तो हुनुहुँदैन । निरन्तर क्रियाशील रहनुपर्छ ।’ गत स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन क्रियाशीलता देखाएका उनलाई आफ्नै पार्टीका उम्मेद्वारलाई हराउन कम्मर कसेर लाग्नेले अहिले पार्टीको विभिन्न तहको नेतृत्वमा दावी गर्दा अचम्म लागेको छ । ‘पहिले आफ्नै उम्मेद्वारलाई हराउन भूमिका खेल्नेले अहिले कुन मुख लगाएर नेतृत्वमा दाबी गर्नु ?’ उनी प्रश्न गर्छन् ।
निर्वाचनको बेला मात्र होइन हर बखत, हर समय सामाजिक सेवासँगै राजनीतिमा सक्रियता जनाएका याक्खा भन्छन्, ‘मैले गरेका काम विभिन्न टोल, सुकुम्बासी बस्तीमा गएर हेर्दा थाहा हुन्छ । अप्ठेरो परेकालाई आर्थिक सहयोग गरेको छु, विपन्नलाई उपचारमा सहयोग गरेको छु ।’ पहिले पार्टीमा योगदान गरेँ भनेर अहिले व्याज खान पल्केकाहरुसँग सबै काँग्रेसजन सजग हुनुपर्ने उनको भनाई छ ।
वडाका क्रियाशील सदस्य तथा पार्टीका कार्यकर्ताकै आग्रहमा वडा सभापतिको उम्मेद्वार बनेका याक्खा वडा सभापति बनेपछि सबैलाई जोडेर, सबैसँग सहकार्य गरेर अगाडि बढ्ने योजना रहेको बताउँछन् । वडा सभापतिको उम्मेद्वारीसँगै उनले आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेको छन् । क्रियाशील सदस्यहरुको दस्ताबेज बनाइ व्यवस्थित गर्ने, क्रियाशील सदस्य, सक्रिय सदस्य र पार्टीमा योगदान पु¥याउने व्यक्तिहरुलाई पार्टीमा उचित स्थान दिने, पुराना र पार्टीमा योगदान गरेका क्रियाशील सदस्यलाई पुरस्कृत र सम्मानित गर्दै जाने, पार्टी कार्यालयलाई व्यवस्थित गर्ने उनको योजना छ ।
यस्तै, तीन महिनामा एक पटक क्रियाशील सदस्यहरुको भेला गराउने, पार्टीका सदस्यहरुको हरेक समस्यालाई आफ्नै समस्या ठानी समाधान गर्दै जाने, वडामा सम्पूर्ण भातृ संघसंस्थाहरुलाई चलायमान बनाउने, पार्टी संगठनलाई टोलटोलसम्म पु¥याउने, पार्टीमा आएका हरेक समस्यालाई सामुहिक निर्णय गरी समाधान गर्ने परिपार्टीका विकास गर्ने उनको योजना छ । उर्लाबारी–४ आइतबारेमा ग्लोबल युवा क्लबले अनेक सामाजिक कार्य गर्दै आएको छ । स्वास्थ्य शिविर, रक्तदान, सरसफाइलगायत कार्य गर्दै आएको क्लबका अध्यक्ष हुन् प्रेम याक्खा । क्लबमार्फत पनि उनले वडामा मात्र होइन उर्लाबारीमै सामाजिक कार्य गरेका छन् । राजनीति र समाजसेवामा योगदान गरेकै कारणले उनलाई यस पटक नेपाली काँग्रेस उर्लाबारी–४ को वडा सभापति बनाउन वडाका क्रियाशील सदस्य आतुर देखिन्छन् ।



