About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १६ भदौ
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा आज बोर्डले भदौ ३० गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
असोज ८ सम्म सञ्चालन हुने परीक्षा होम सेन्टरबाटै सञ्चालन गरिने भएको छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पछिल्लो पटक साउन ३१ देखि हुन लागेको परीक्षा कोभिड– १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो ।
हेर्नुहोस् परीक्षा तालिकाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय