About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ चैत
उर्लाबारी–७ स्थित पार्लेन्स इन्टरनेशनल एकाडेमीले विविध कार्यक्रम गरी १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आज भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो ।
उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख अशोक घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायनलगायत कला प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले थारु, राउटे, साकेला, मेन्दो, लिम्बू, झाँक्री, कौडा नृत्यका साथै गायन र फेसन शो प्रस्तुत गरेर उपस्थित अतिथि र अभिभावकलाई मनोरञ्जन दिलाएका थिए ।
वार्षिकोत्सवकै अवसरमा कक्षा १० का विद्यार्थी सुशीला लिम्बू र अमरनाथ साहलाई वर्षको उत्कृष्ट विद्यार्थीको रुपमा सम्मान गरिएको विद्यालयका संस्थापक÷प्रिन्सिपल हेमचन्द्र भट्टराईले बताए । विद्यालय सञ्चालक समिति अध्यक्ष शिवप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा कक्षा ९ की छात्रा रोसिना खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन् । सो अवसरमा प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन उर्लाबारी नगर अध्यक्ष दिनेश पोख्रेललगायतको आतिथ्यता रहेको थियो ।


सांगीतिक कार्यक्रमसहितको दोस्रो सत्रको कार्यक्रम विद्यार्थीहरु रितिका दाहाल र आदित्य भण्डारीले सञ्चालन गरेका थिए । सो अवसरमा अभिभावकहरुको म्युजिकल चेयर्स प्रतियोगिता समेत गरिएको थियो । १६ वर्षअघि स्थापना भएको पार्लेन्स इन्टरनेशनल एकाडेमीले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै आएको प्रिन्सिपल भट्टराईले बताए । चार सय विद्यार्थी अध्ययनरत विद्यालयले संख्यात्मकभन्दा पनि गुणात्मक शिक्षालाई प्राथमिकतामा राखेको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय