About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ चैत
पार्लेन्स इन्टरनेशनल एकाडेमी उर्लाबारी–७ ले नमुना बाल गृह उर्लाबारीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । आज आयोजित विद्यालयको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा १ लाख १ हजार १११ रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद भट्टराई र कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख अशोक घिमिरेले बाल गृहकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गरे ।
विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल गृहको अक्षयकोषका लागि उक्त रकम सहयोग गरेको विद्यालयका संस्थापक÷प्रिन्सिपल हेमचन्द्र भट्टराईले जानकारी दिए । पार्लेन्स इन्टरनेशनल एकाडेमीले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने क्रममा केही समयअघि उर्लाबारीका विभिन्न स्थानमा चटपटे, हन्बेर्ना लगायत सामग्री बेच्ने, चौकमा नृत्य प्रदर्शन गर्नेलगायतका गतिविधि सञ्चालन गरेको थियो । उर्लाबारी चौक, मंगलबारे, दुर्गापुरी चौकलगायत क्षेत्रमा गरिएको व्यवहारिक शिक्षाको अभ्यासका क्रममा जम्मा भएको रकममा विद्यालयले थप गरी सामाजिक कार्य गरेको प्रिन्सिपल भट्टराईले बताए ।
दैनिक पठनपाठनसँगै व्यहारिक ज्ञानमा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको विद्यालयले नमुना बाल गृहलाई यसअघि पनि सहयोग गर्दै आएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय