About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, २८ फागुन
झापाको दमक–१० सानो बाह्रघरेको सिंहदेवी माविमा अध्ययनरत विद्यार्थीहरुलाई खगेन्द्रप्रसाद पद्म रत्न न्यौपाने छात्रवृत्ति प्रदान गरिएको छ । आज विद्यालयमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
उर्लाबारीका व्यवसायी विनोद न्यौपानेले आफ्ना बुबाआमाको नाममा स्थापना गरेको छात्रवृत्ति कोषबाट कक्षा ११ की टुकमाया श्रेष्ठलाई नगद ६ हजार, कक्षा १२ का कविता कार्की, जुनिला भण्डारी, सन्देश मगर र सुजन गौतमलाई जनही ५ हजार ४ सय, कक्षा ११ का दोस्तिका नेपाली, सलिना धिमाल, निकिता ढकाल, सनिता नेम्बाङ र कक्षा १२ की ममता ठोकर तामाङलाई जनही ३ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरियो । यस्तै, कक्षा १२ मा प्रथम हुने गौरव क्षेत्रीलाई नगद २ हजार ५ सय र एसईईमा प्रथम हुने उमेश न्यौपानेलाई नगद १ हजार ५ सय छात्रवृत्ति प्रदान गरियो ।
पुरस्कार वितरण समारोहकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, पुरस्कार कोषका संरक्षक खगेन्द्रप्रसाद न्यौपाने, दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीलगायतले छात्रवृत्ति प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख रेगिना भट्टराईले शिक्षाको माध्यमबाट नै समृद्धि ल्याउन सकिने भएकोले बताइन् । समयको माग अनुसार अंग्रेजी माध्यम र प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको बताउँदै उनले दमक नगरपालिका शैक्षिक गुणस्तर सुधारमा लागिपरेको जानकारी दिइन् ।


सो अवसरमा छात्रवृत्ति कोषका संरक्षक खगेन्द्रप्रसाद न्यौपाने, वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँ, दमक जेसीजका अध्यक्ष मुकेशकुमार अग्रवाल, उर्लाबारी जेसीजका महासचिव नवीन श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्षहरु देवीप्रसाद दाहाल, उमानाथ न्यौपाने, बोधराज न्यौपाने, पूर्व प्रधानाध्यापक रुद्रप्रसाद सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुरस्कार कोषदाताको तर्फबाट कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै व्यवसायी विनोद न्यौपानेले आफ्ना पितामाताले देखाएको बाटोलाई पछ्याउँदै कमाइको केही अंश समाजसेवामा खर्च गर्ने उद्देश्यले सो विद्यालयमा २०६७ सालदेखि वर्षेनि छात्रवृत्ति प्रदान गर्दै आएको बताए । पढाइमा अब्बल तथा विपन्न विद्यार्थीलाई सहयोग पुगोस् भन्ने हेतुले अक्षयकोष खडा गरिएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय