
उर्लाबारी, २६ फागुन
दोस्रो उर्लाबारी सेफ्टी ट्याङ्की वि डिभिजन व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । उर्लाबारी सेफ्टी ट्याङ्कीको आयोजनामा उर्लाबारी–४ स्थित षडानन्द खतिवडा स्मृति कवर्डहलमा सुरु प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ३४ टिमको सहभागिता रहेको छ ।
आज उर्लाबारी–४ का वडाध्यक्ष कल्याणकुमार राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ, नगर खेलकुद विकास समितिका उपाध्यक्ष डिल्ली खतिवडा, वडा सदस्यहरु शेखरनाथ दाहाल र सुरेन्द्र न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलामलगायत जिल्लाका खेलाडीहरुले सहभागिता जनाएको खेल संयोजक सोमप्रसाद गुरागाईँले बताए । प्रतियोगिताको विजेताले नगद १८ हजार, दोस्रोले नगद १२ हजार र तेस्रोले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।