About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ भदौ
उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई १८ प्रतिशत लाभांश वितरण गरेको छ । कोरोना महामारीको विषम परिस्थितिमा पनि वित्तीय सन्तुलन कायम राखी अधिकतम लाभांश वितरण गरिएको संस्थाले जनाएको छ ।
सोमबार आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले वित्तीय सुचकांकलाई सन्तुलित रुपमा अघि बढाइएको बताए । उनले नीति, विधि, प्रविधि अनुसार अघि बढेर पनि १८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको बताए । विगत चार वर्षदेखि १८ प्रतिशत लाभांश वितरण गर्दै आएको उनले बताए ।
गत आर्थिक वर्षमा संस्थाको आम्दानी ३ करोड ४६ लाख ८० हजार ८६४ तथा खर्च २ करोड ९२ लाख ५४ हजार ८६९ भई ५४ लाख ९५ हजार १२१ रुपैयाँ नाफा भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले शेयर सदस्य संख्या ३१ सय ३७ पुर्याएको, कोरोना महामारीको संक्रमणकालीन समयमा पनि सदस्यलाई निरन्तर वित्तीय सेवा प्रदान गरेको, ३१ प्रतिशत सम्पत्ति बृद्धि र ३६ प्रतिशत कर्जा लगानी बृद्धि गरेको कोषाध्यक्ष दीपक भट्टराईले बताए । संस्थामा २१ करोड ३९ लाख शेयर पुँजी रहेको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय