About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ फागुन
उर्लाबारी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अनेरास्ववियुको नेतृत्वमा पाँच विद्यार्थी संगठनको गठबन्धन हुने भएको छ । निर्वाचन प्रयोजनका लागि क्याम्पसमा दर्ता भएका ६ विद्यार्थी संगठनमध्ये नेविसंघ बाहेक अन्य संगठनको गठबन्धन भएको हो ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर अघि बढ्ने सहमति गरेका छन् । स्रोतका अनुसार सभापतिसहित कोषाध्यक्ष र चार सदस्य अनेरास्ववियु, सचिव र एक सदस्य अखिल क्रान्तिकारीले लिने सहमति भएको छ । समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले एक÷एक सदस्यमा उम्मेद्वारी दिने सहमति भएको स्रोतले जनाएको छ ।
यस्तै, समानुपातिकतर्फबाट चयन हुने उपसभापति, सहसचिव र सदस्यमा पनि पाँच संगठनले भागबण्डा लगाएका छन् । भोलि एक कार्यक्रमका बीच संयुक्त प्यालन घोषणा गरिने जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय