About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ फागुन
उर्लाबारीमा जारी चौंथो मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुँदैछ । फाइनल प्रवेश गरेका वडा नं. ३ र वडा नं. ८ बिच शनिबार ३ः३० बाट फाइनल खेल हुने आयोजक राजघाट भेट्रान फुटबल क्लबले जनाएको छ ।
उर्लाबारी–८ स्थित अरनिको माविको खेलमैदानमा हुने फाइनल खेलअघि उर्लाबारी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल हुने वडा नं. ५ का वडाध्यक्ष रविन लामाले जानकारी दिए । उनका अनुसार नगर प्रमुख गंगाप्रसाद खरेलको नेतृत्वमा जनप्रतिनिधि ११ र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा कर्मचारी ११ को टिम मैदानमा उत्रने भएको छ ।
उक्त खेलपछि मेयर कपको फाइनल खेल हुने छ । जसमा विजेताले ७५ हजार, उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय