About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ भदौ
उर्लाबारी ६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः तेजनाथ घिमिरे निर्वाचित भएका छन् । २१ औ चुनावी साधारण सभा अन्तर्गत आज सम्पन्न उम्मेद्वार मनोनयनमा घिमिरेको मात्र उम्मेद्वारी परेपछि उनी सर्वसम्म्त अध्यक्षमा निर्वाचित भएका हुन् ।
संस्थाको सबै पदमा सर्वसम्मत् भएको छ । समितिको उपाध्यक्षमा नारदमणी नेपाल, सचिवमा गोपालप्रसाद भट्टराई, कोषाध्यक्षमा दिपक भट्टराई तथा सदस्यहरुमा भानुभक्त रिमाल, कुलबहादुर बस्नेत, उमाकान्त न्यौपाने, नेत्रकुमारी भट्टराई, लिलावती अधिकारी र लिलामाया दाहाल चयन भएका छन् ।
यस्तै, लेखा समिति संयोजकमा प्रेमबहादुर बोहोरा तथा सदस्यहरुमा खगिन्द्रप्रसाद घिमिरे र निर्मला नेपाल चयन भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय