
इटहरी, शिक्षासेवी स्व. धरणीधर न्यौपानेको स्मृतिमा तेहृथुम बहुमुखी क्याम्पस र शारदा माध्यमिक बिद्यालय चुहानडाडामा पंण्डित धरणीधर न्यौपाने स्मृति छात्रबृति कोष स्थापना गरिएको छ । स्व.न्यौपाने ती दुबै शिक्षालयका संस्थापक हुनुहुन्छ । उहाँका परिवारको तर्फबाट क्याम्पस र बिद्यालयमा गरि एकलाख पचास हजारका दरले तीन लाख राशिको कोष स्थापना गरिएको हो । स्नातक तह प्रथम बर्षको परीक्षामा अनिवार्य नेपाली बिषयमा सर्बोत्कृष्ठ अंक हासिल गर्ने १ जना छात्र र १ जना छात्रालाई छात्रबृतिकोषको ब्याज बाट प्राप्त हुने रकम हरेक बर्ष बितरण गरिने क्याम्पसले जनाएको छ ।
शिक्षासेवी पंण्डित धरणीधर न्यौपानेको १०३ बर्षको उमेरमा यहि बर्ष सुन्दरहरैचा मोरगमा निधन भएको थियो । उहाँले विक्रम सम्वत २००२ सालदेखि चुहानडाँडाको शारदा हाइस्कुलमा पहिलो प्रधानाध्यापक भएर लामो समय अध्यापन गर्नुभएको थियो । त्यो विद्यालयको नाम समेत उहाँलेनै जुराउनुभएको हो । विद्यालयलाई कलेज वनाउनुपर्छ भन्ने अवधारणा पनि धरणीधर न्यौपानेकै थियो । तेहथुम चुहानडाँडाबाट ताप्लेजुङ्ग ढुगेसाँघु बसाई सरेर जननेता मदन भण्डारीलाई समेत उहाँले साँवा अक्षर चिनाउनु भएको थियो । उहाँका आधा दर्जन कृति प्रकाशित छन् । न्यौपाने वंशावली,ग्राहस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाब्य,गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन् ।