About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ फागुन
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेरको ११३ औं जन्मजयन्तीको अवसरमा उर्लाबारीमा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली काँग्रेस उर्लाबारी–३ वडा समितिको आयोजनामा नेपाली कांग्रेसका सस्थापक नेताको सम्झनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले नेपाली कांग्रेसको स्थापनामा सुवर्ण शमशेरको महत्वपूर्ण योगदान रहेको बताए । वि.सं. २००३ सालमा नेपालमा कांग्रेस स्थापना गर्न विपी कोइरालासँग सहकार्य गरेर उनले नेपालबाट २००७ सालमा राणाशासन हटाएर प्रजातन्त्र स्थापना गर्न योगदान पु¥याएको फागोले चर्चा गरे ।
विचार गोष्ठीमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गोमा नेपाल, बानु सुव्वा, मोरङ क्षेत्र नं. १ (क) उपसभापति लोलिम पोमू, उर्लाबारी कार्यबाहक सभापति राजन राजयमाझी, उर्लाबारी वडा नम्वर ३ का पूर्व वडाध्यक्ष गञ्जबहादुर कार्की, सोममप्रसाद तिम्सिना, क्षेत्रीय प्रतिनिधि रेसबहादुर कट्वाल, भीम थापा लगायतले सुवर्ण शमशेरले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सुवर्ण शमशेर वि.सं २०१२ मा नेपाली कांग्रेसको सभापति भएका थिए भने २०१५ मा १ वर्ष प्रधानमन्त्री बनेका थिए । काँग्रेस उर्लाबारी–३ का वडा सभापति रोहित कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव प्रदिप संग्रौलाले गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय