About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ फागुन
उर्लाबारी वडा नं. ३ उर्लाबारीमा जारी चौंथो मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं. ९ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ३ ले फाइनल यात्रा तय गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा वडा नं. ३ का सन्जीव राईले गरेको गोल निर्णायक बन्यो । राई खेलको म्यान अफ दि म्याच घोषित भए । उर्लाबारी–८ स्थित अरनिको माविको खेलमैदानमा जारी मेयर कपमा भोलि दोस्रो सेमिफाइनल खेल वडा नं. २ र वडा नं. ८ बीच हुने आयोजक राजघाट भेट्रान क्लबका अध्यक्ष अर्जुन नाल्बोले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल फागुन २० गते हुने र विजेताले ७५ हजार, उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य राकेश कार्कीले बताए । यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय