
विराटनगर, १७ फागुन
प्रदेशको नामाकरणका लागि विराटनगरमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशसभा नामकरणको विषय टेबल हुँदा विरोध, धर्ना, जुलुस, झडप हुने सम्भावना रहेको भन्दै निषेधित घोषणा गरिएको हो । विराटनगरको देवकोटा चोकदेखि अस्पताल चोक र जिल्ला प्रशासन कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री निवास वरपर पनि कुनै प्रकारका विरोध, धर्ना, जुलुस, झडप हुन नदिन आज दिउँसो ३ बजेदेखि अर्को आदेश नआएसम्म निषेधित क्षेत्र घोषणा गरेको मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।