About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ फागुन
उर्लाबारीमा जारी चौंथो मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । उर्लाबारी–८ स्थित अरनिको माविको खेलमैदानमा जारी मेयर कपमा आज क्वाटरफाइनल खेल सकिएसँगै सेमिफाइनल पुग्ने चार वडाको टुंगो लागेको हो ।
आजको खेलमा वडा नं. ४ लाई १–० गोलअन्तरले पराजित गर्दै वडा नं. २ सेमिफाइनल प्रवेश गरेको छ । यसअघि वडा नं. ३, ८ र ९ सेमिफाइनल प्रवेश गरेका थिए । अब भोलि हुने पहिलो सेमिफाइनल खेल वडा नं. ३ र वडा नं. ९ बीच हुने भएको छ । यस्तै, फागुन १८ गते हुने दोस्रो सेमिफाइनल खेल वडा नंं २ र वडा नं. ८ बीच हुने आयोजक राजघाट भेट्रान क्लबका अध्यक्ष अर्जुन नाल्बोले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल फागुन २० गते हुने र विजेताले ७५ हजार, उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य राकेश कार्कीले बताए । यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने उनले बताए । फाइनलको अघिल्लो दिन उर्लाबारी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल हुने जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय