
दमक, १२ भदौ
झापाकै उत्कृष्ट सहकारी मेची बहुउद्देश्यीय सहकारी संस्था दमकको अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराई चयन भएका छन् । संस्थाको आज सम्पन्न २५ औं वार्षिकोत्सव तथा २७ औं वार्षिक साधारणसभाबाट भट्टराई अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत् चयन भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए ।
समितिका बरिष्ठ उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा शान्ता गौतम, सचिवमा राजेन्द्रप्रसाद दाहाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्यौपाने, रामकुमारी तामाङ, मीनाकुमारी कोइराला, खेमराज घिमिरे, कृष्णप्रसाद शर्मा, सीता कार्की, होमनाथ गुरागाई, मञ्जुकुमारी फयाँल, गणेशबहादुर तामाङ र नरपति पाण्डे रहेका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा हरिप्रसाद चापागाई तथा सदस्यहरुमा सुमित्रा सुवेदी र कृष्णप्रसाद दाहाल चयन भएका छन् ।



