
उर्लाबारी, १३ फागुन
उर्लाबारी–३ स्थित पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको अध्यक्षमा नेकपा एमालेका द्रोणबहादुर पौडेल विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षका उम्मेद्वार नेकपा माओवादी केन्द्रका प्रकाश पौडेललाई ५ मत अन्तरले पराजित गर्दै द्रोणबहादुर पौडेल निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित द्रोणले १५४ मत प्राप्त गरे भने प्रतिस्पर्धी प्रकाश पौडेलले १४९ मत प्राप्त गरे । समूहको नयाँ समिति चयनका लागि आज मतदान भएको थियो । समूहको उपाध्यक्षमा सुनवर्षीका कमलकुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । यस्तै, निर्वाचित जनप्रतिनिधि सदस्यमा शेखरनाथ दाहाल निर्वाचित भएका छन् । मोक्तान र दाहाल दुवै जना नेकपा एमालेका हुन् । अन्य सदस्यहरुको मत परिणाम घोषणा हुन बाँकी छ ।