About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ फागुन
उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा महिला तथा पुरुषका लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य कार्यालय मोरङले स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको हो ।
नगरपालिकाका जनस्वास्थ्य अधिकारी रेणुकाप्रसाद काफ्लेका अनुसार बन्ध्याकरण घुम्ती शिविर यही फागुन १४ गते आइतबार तय भएको हो । शिविरमा महिला तथा पुरुषका लागि मिनिल्याप र भ्याक्सेटोमी (परिवार नियोजन) स्थायी बन्ध्याकरण हुने जनाइएको छ । सन्तानको रहर पुगिसकेका दम्पतिहरुलाई निःशुल्क रुपमा दक्ष तथा अनुभवी प्राविधिक एवम् चिकित्सकहरुबाट सहज रुपले सेवा दिइने स्वास्थ्य अधिकृत सुरेश खड्काले बताए । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले नगरपालिकाको स्वास्थ्य शाखा वा ट्रमा सेन्टरमा सम्पर्क गरी मौकाको फाइदा उठाउन अनुरोध गरिएको पनि उनको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय