
काठमाडौं, १२ भदौ
आफ्ना माग सम्बोधन हुने भएपछि चार दिनदेखि रिले अनशनमा रहेका काँग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडेका छन् । शनिबा साँझ बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने निर्णय गरेको थियो ।
संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्नेसहित तीन बुँदे माग राखेर रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले रिले अनशन बसेका थिए । सहमतिपछि अनशन तोडिएका एक जिल्ला सभापतिले बताए ।



