About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ फागुन
उर्लाबारी–३ स्थित पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । भोलि फागुन १३ गते हुने निर्वाचनका लागि अध्यक्षमा वर्तमान अध्यक्ष प्रकाश पौडेल र द्रोणबहादुर पौडेलको उम्मेद्वारी परेको छ ।
समूहको साझेदारी वन व्यवस्थापन समितिमा दलहरुले प्यानल बनाएर उम्मेद्वार उठाएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको प्यालनको माओवादीका प्रकाश पौडेल तथा नेकपा एमाले, जसपालगायत दलको प्यालनको एमालेका द्रोणबहादुर पौडेलले नेतृत्व गरेका छन् । अध्यक्षका प्रत्यासी दुवै जना रतुवामाई नगरपालिका वडा नं. ६ निवासी हुन् । समूहको स्थापनाकालदेखि नै अध्यक्ष रहेका प्रकाश पौडेल तेस्रो कार्यकाल अध्यक्ष बन्ने दौडमा छन् ।
समितिको उपाध्यक्षमा सुनवर्षीका कमलकुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । यस्तै, खुला सदस्यतर्फ ७ जना निर्वाचित हुनुपर्नेमा १६ जनाको उम्मेद्वारी परेको छ । खुला सदस्यमा गणेश थापा (विनोद), वेदप्रसाद शिवाकोटी, योगेन्द्रबहादुर सुवेदी, प्रेमबहादुर याखा, प्रकाशबहादुर कार्की, गोविन्दबहादुर श्रेष्ठ, सुरेन्द्रकुमार सेर्मा, इस्तियाज आलम, लक्ष्मीप्रसाद पौडेल, गोविन्द निरौला, डिल्लीराम खतिवडा, सरणकुमार राई, महेश थापा, ठाकुरप्रसाद लिम्बू रोसन, रामराजी दास र टेकबहादुर थापा उम्मेद्वार छन् ।
यस्तै, तीन जना महिला सदस्यका लागि पाँच जना सन्तमाया राई (शान्ता), रामप्यारी तामाङ, अनारवती तामाङ, पवित्रा पोख्रेल र कोपिला कार्की रायमाझीको उम्मेद्वारी परेको छ । मधेसी सदस्यका लागि रन्जितकुमार साह र मनोजकुमार यादव चुनावी मैदानमा छन् । दलित सदस्यका लागि कर्णबहादुर परियार र प्रमिशा ल्वगुन (विश्वकर्मा) तथा वडाबाट छनौट भएका निर्वाचित प्रतिनिधि सदस्यका लागि शेखरनाथ दाहाल र सन्तोष निरौला उम्मेद्वार छन् । समितिको आदिवासी जनजाति सदस्यमा गोपालप्रसाद ताजपुरिया सर्वसम्मत् चयन भएका छन् ।
नयाँ समिति चयनका लागि समूहको कार्यालय उर्लाबारी–३ मा भोलि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय