About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ फागुन
भोलि फागुन १२ गतेबाट उर्लाबारीमा हुने चौथो वडा स्तरीय मेयर कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । राजघाट भेट्रान फुटबल क्लबले आयोजना गर्ने प्रतियोगिता उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माविको खेल मैदानमा हुने भएको छ ।
प्रतियोगिताको विजेताले ७५ हजार प्राप्त गर्नेछ । यस्तै, उपविजेताले ५० हजार पाउने छ । प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने बताइएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताबाट स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरी व्यवसायिक वनाउने उद्देश्य भएको खेल आयोजक क्लबका राकेश कार्कीले बताउनुभयो । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग रहने मेयर कप स्पर्धा फागुन २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत भोलिको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन वडा नं. ६ र वडा नं. ८ बीच हुने आयोजकले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय