About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ फागुन
हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्गता बनाउने एउटा सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परिजीविले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन ।
धेरैजसो संक्रमण बिनाको हुन्छ, जसबाट समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियान मार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न जरुरी छ ।
हात्तीपाइले रोगको परजीविबाट मुक्त हुन के गर्ने ?
सरकारले रोग प्रभावित जिल्लाहरुमा सञ्चालन गर्ने वार्षिक आम औषधि सेवन कार्यक्रममा गई, वर्षको एक पटक आम औषधि सेवन कार्यक्रम आफ्नो जिल्लामा सञ्चालनमा रहेसम्म लगातार हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गराउने ।
यो रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरु प्रयोग हुन्छन्। यी औषधिहरुले हात्तीपाइले रोग लागिसकेकाहरुको उपचार हुनका साथै रोग लाग्नबाट पनि बचाउँछ ।
यो औषधिको सेवनले हात्तीपाइले रोग नलागेहरुकालाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा हात्तीपाइले रोगका लक्षणहरु नदेखिएपनि रोगका परजीविहरु शरीरमा हुन सक्छन् । औषधि अहिले खायो भने ती परजीविहरु मर्छन् । र, भविष्यमा रोग देखिदैन । दोस्रो कुरा औषधि सेवनका कारण तपाईको शरीरमा भएका हात्तीपाइलेका परजीविहरु अरु स्वस्थ मानिसको शरीरमा सर्दैनन् । तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजििीवहरु छन् र उनीहरुले औषसि सेवन गरेमा लामखुट्टेले टोकेता पनि शरीरमा ती परजीविहरु ती व्यक्तिबाट सार्न सक्दैनन् ।
यो औषधि कसले खान मिल्छ कसले मिल्दैन ?
यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा यो औषधि खान योग्य सबैले खानुपर्छ । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन् ।
यो रोग विरुद्धको औषधि कसले दिन्छ ?
आम औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले तपाईको घर नजिकैको बुथमा तथा घरभेटमा औषधि खुवाउँछन् ।
यो औषधि कहिले खाने ?
आउँदो २०७९ फागुन महिनाको ११ गतेदेखि ।
यो औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु के हुन् ?
यो औषधि खाली पेटमा खानु हुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ । त्यसो भएमा औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझ्नुपर्छ । ती लक्षणहरु केही घण्टामा आफैँ हराएर जान्छन् । केही गरी लक्षणहरु लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय