About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ फागुन
उर्लाबारीका ८ वटा वडामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको वडा अधिवेशन सम्पन्न भएको छ । आज एकै दिन वडा नंं ४ बाहेकका वडामा अधिवेशन सम्पन्न गरी सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर अध्यक्ष योगेश बस्नेतले जानकारी दिए ।
वडा अधिवेशनबाट वडा नं. १ मा निरोज श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन भएको छ । यस्तै, वडा नं. २ मा सक्षम भण्डारीको अध्यक्षतामा २७ सदस्यीय, वडा नं. ३ मा लालबहादुर राईको अध्यक्षतामा ३१ सदस्यीय, वडा नं. ५ मा सुजन चम्लागाईँको अध्यक्षतामा २७ सदस्यीय, वडा नं. ६ मा सुरज अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ । यस्तै, वडा नं. ७ मा सन्दिप मगरको अध्यक्षतामा ५१ सदस्यीय, वडा नं. ८ मा विष्णु थापाको अध्यक्षतामा २७ सदस्यीय र वडा नं. ९ मा विष्णु गिरीको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन भएको छ ।
वडा नं. ४ को अधिवेशन चाहिँ फागुन ९ गते हुने भएको छ । वडा कमिटी गठनका लागि नेकपा एमाले उर्लाबारीले वडा वडामा जिल्ला कमिटी सदस्यलगायत नेताहरुलाई खटाएको पार्टी नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले बताए । राष्ट्रिय युवा संघ नेपालको नगर अधिवेशन फागुन १३ गते शनिबार हुने अध्यक्ष योगेश बस्नेतले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय