
इटहरी,सडक दुर्घटना न्यूनिकरणका लागि प्रदेश स्तरीय रोड सेफ्टी काउन्सिल गठन गर्नुपर्ने लगायतका १४ बुँदे घोषणा पत्र जारी गर्दै प्रदेश १ स्तरीय सडक सडक सुरक्षा सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले सडक दुर्घटना कम गर्नका लागि सरकारी नागरिक सहकार्यमा जोड दिएको छ । भौतिकपुर्वाधार तथा यातायातमन्त्रालय अन्तरर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल”को आयोजना,नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । सडक सुरक्षा राष्ट्रिय सञ्जालका संयोजक योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ बुँदे घोषणा पत्र जारी भएको अन्र्तारष्ट्रिय अटोमोबाइल फेडेरेशनका सदस्य गोबिन्द भट्टराईले जानकारी दिनुभयो ।
सो कार्यक्रममा जारी घोषणा पत्र ः
१. नेपाल सरकारले प्रतिवद्दता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई, प्रदेश एकको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गरियो ।
२. यूवाहरुको अकाल मृत्युको मुख्य कारण बनि रहेको मोटरसाइकल दुर्घटनाको क्षति न्यूनिकरण गर्न गुणस्तरीय हेल्मेट चालक तथा पछाडी बस्नेले पनि लगाउने व्यवस्था कार्यन्वयन हुनु पर्ने,
३. नागरिक तथा पेशागत समूदाय, उपभोक्ता तथा विज्ञहरु समेतको सहभागितामा प्रदेश स्तरिय रोडसेफ्टी काउन्सिल गठन गर्नुपर्ने,
४. पालिका तह र प्रदेश सरकार बाट सडक पूर्वाधार र सुरक्षित यातायातमा पर्याप्त बजेट छुट्टाइनु पर्र्ने,
५. प्रदेश एकका ड्राइभिङ्ग स्कूलको स्तर उन्नति र हेभी ड्राइभिङ्ग स्कुलमा सरकारको आवश्यक नीति तथा बजेटको व्यवस्था हुदाँमात्र दक्षचालक तयार भइ दुर्घटना न्यूनिकरण, प्राविधिक जनशक्ति मार्फत थप रोजगारी को सृजना हुनेमा सहभागिको ठहर गरियो,
६. स्टार रेटिङ्ग रोड, स्टार रेटिङ्ग भेइकल स्टार रेटिङ्ग स्कूलको लागि पेशागत समूदायले समेत सरकारसँग सहकार्य गर्नुपर्ने,
७. प्रदेशका अधिकांस शहरहरुमा अटोल्याण्डको व्यवस्था गरी र बसको बडीको गुणस्तरीयतामा ध्यान दिदाँमात्र भेइकल सेफ्टीमा प्रत्यक्ष योगदानपुग्नेमा सम्पूर्ण सहभागिहरु सहमतभइयो,
८. यातायातक्षेत्रका श्रमिकहश्ररुलाई रोजगारी, बृद्दिविकास, सामाजिक र आर्थिक सुरक्षातथा बिमालगायतले ध्यानदिनुपर्ने,
९. दुर्घटनाका घाइतेकाृ उद्दार, उपचार र पुर्नस्थापनका लागि रणनीतिक योजनाबनाउनु पर्ने ठहर गरियो,
१०. साइकल लेन, फुटपाथ, तथा व्हीलचियर यूजर लगायत सबैखाले यात्रुको सुरक्षित र भयरहित यात्राको लागि पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने,
११. सार्वजनिक यातायातको व्यवस्थापन, गुणस्तरियता र सुरक्षामा ध्यानदिइयोस् जसले समग्र मोबिलिटी सिस्टमलाई मद्दत पु¥याउनेछ ।
१२. प्रदेश एकको कुनै एक नगरक्षेत्रमा को अध्ययन गर्नु पर्ने,
१३. विद्यालय तहबाटै सडकसुरक्षाको तालिम तथा कोर्षलाई संचालन गर्न प्रतिबद्दता व्यक्त गरियो ।
१४. प्रदेशको दीगो पर्यटन बिकासको लागि दीगो सडक र सुरक्षित यातायात बनाउनुपर्नेमा सम्पूर्ण सहभागिको समान धारणा रहयो ।
इटहरी उपमहानगरपालिकाको सहयोग र हेल्पिङ्ग हेण्ड्स इटहरीको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्नभएको हो ।