About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धि बिषय स्कुल तह देखिनै अध्यन गराइनुपर्नेमा जोड दिनुभएको छ ।इटहरीमा सडक सुरक्षा सम्वन्धि प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै उहाँले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धि कोर्ष बिद्यालय देखि क्याम्पस सम्म राख्नुपर्नेमा जोड दिनुभएको छ । बिदेशमा यस सम्वन्धी अध्यन हुने गरेको भटटराइले सुनाउनुभयो । सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तह र नागरिक समाजले उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने मध्ये २६प्रतिशत पछाडी वस्नेहरुको रहेको तथ्याँक सुनाउदै पछाडी बस्नेहरुको ज्यान जोगाउन दुईवटा हेल्मेट लगाउने कुरा उठेको प्रष्ट पार्नुभयो । सुरुमा काठमाडौमा सञ्चालित पठाओमा यो नियम लगाउन सकिने उहाँको सुझाव छ । हेल्मेटभने गुणस्तरयुक्त हुनुपर्नेमा भटटराईले बताउनुभयो ।

कार्यक्रममा प्रदेश १ का सडक पूर्वाधार तथा शहरी बिकास मन्त्री दुर्गा चापागाईले प्रदेश सरकारले सडक सुरक्षाको बिषयलाई प्राथमिकता दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । योजनाबद्ध ढंगले सडक सुरक्षाको बिषयलाई अघि बढाइने मन्त्री चापागाईले बताउनुभयो । प्रदेश सांसद मिना श्रेष्ठले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र दायित्व नभई सबै पक्षको समन्वय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल अटोमोबाइल एसोसिएसन नासाका महासचिब गोबिन्द भटटराई,ट्रान्सर्पोट इन्जिनियर आशिष गजुरेल,रोड सेफटी काउन्सिलका इन्जिनियर आयुश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम महतोले सडक पूर्वाधार र सडक सुरक्षामा वजेट बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश १ मा सडक दुर्घटनामा कमी आएको सुनाउनुभयो । रोड सेफटी काउन्सिलको आयोजना,नासा नेपालको संयोजन,इटहरी उपमहानगरपालिका तथा बिभिन्न सामाजिक संघ सस्थाहरुको सहयोगमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरिएको कार्यक्रमको स्थानीय संयोजक हेल्पिङ्ग हेण्ड्सका बिकल पौडेलले जनाउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय