About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विजय धिमाल
उर्लाबारी, १२ भदौ
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेवेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उर्लाबारीमा रहेका धिमाल जातीय विकास केन्द्र, नेवा देय दबु, किराँत राई यायोक्खा, नेपाल तामाङ घेदुङ, किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा, नेपाल मगर संघ, तमु घ्यूल छोजधी गुरुङ राष्ट्रिय परिषद र दनुवार जनजागरण समाज नगरसमितिलाई एक÷एक थान स्टिलको दराज वितरण गरिएको थियो ।
सो अवसरमा महासंघ नगर समिति सल्लाहकार रुद्रबहादुर तामाङले उर्लाबारीमा करिब ५० प्रतिशत आदिवासी बसोबास रहेको जानकारी दिँदै आदिवासीको कार्यक्रमलाई सामान्य रकम दिँदैमा खुसी हुन आवश्यक नरहेको, आगामीको जनगणामा होसियार रहन आग्रह गरे । आदिवासी भित्रकै मान्छे माथिल्लो तहसम्म पुगेपनि केही गर्न नसकेको र अबको कार्यक्रमहरु भनेको जातीय उत्तथनका लागि ल्याउनुपर्ने उनको भनाई थियो । सल्लाहकार चन्द्रबहादुर श्रेष्ठले भने, ‘आदिवासी भन्छौं, आफ्नो भाषा र पहिचान गुमाइरहेका छौं, अरु जातिलाई दोष दिएर हैन हामी आफ्नै कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्छ ।’
यस्तै, आदिवासी जनजाति महिला महासंघ दमककी अध्यक्ष भगवती श्रेष्ठले संस्थालाई दमक नगरपालिकाले कुनै सहयोग नगरेको दुःखेसो गरिन् । आदिवासीहरुमा अझैपनि थोरबहुत जनचेतना कम भएको र माथिल्लो तहमा रहेकाहरुले समेत बेवास्ता गरेको धिमाल जातीय विकास केन्द्र उर्लाबारी नगर समितिका अध्यक्ष नारायण धिमालले बताए । अबका दिनहरुमा सबै नगरले पहुँच बृद्घिका कार्यक्रमहरु ल्याउन आग्रह गर्दै प्रमुख अतिथि थेबेले अब डराएर, शिर निहुराएर हैन, संविधान र स्थानीय सरकारले दिएसम्मको हक, अधिकार खोज्दै आदिवासीहरु प्रगतितिर लाग्नु पर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला उपाध्यक्षद्वय भोजबहादुर माझी, नरबहादुर तामाङ, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीका संस्थापक अध्यक्ष रामकुमार राई, आदिवासी जनजाति महिला महासंघ दमककी उपाध्यक्ष ओममाया आङदेम्बेलगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । महासंघ नगर समन्वय परिषद उर्लाबारीका अध्यक्ष मणिलाल श्रेष्ठको सभापतित्व र सचिव नारायण चाम्लिङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय