About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ फागुन
सुनपकुवा मावि उर्लाबारी–२ ले गत मंसिरमा सम्पन्न स्वर्ण महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको छ । आज विद्यालयमा एक कार्यक्रम गरी विद्यालयले स्वर्ण महोत्सवको हिसाब सार्वजनिक गरेको हो ।
गत मंसिर २४ देखि २६ गतेसम्म आयोजना गरिएको स्वर्ण महोत्सवका लागि देश विदेशमा रहेका पूर्व विद्यार्थीलगायतबाट १४ लाख ६७ हजार ३९३ रुपैयाँ सहयोग प्राप्त भएको प्रधानाध्यापक भूमिराज प्याकुरेलले जानकारी दिए । यस्तै, अक्षयकोषका लागि ६ लाख ३७ हजार ३३३ रुपैयाँ, सरस्वती मन्दिर निर्माणका लागि ३५ हजार १७० रुपैयाँ, स्वर्ण स्मारक निर्माण सहयोग ११ हजार २१० रुपैयाँ र भवन रंगरोगनका लागि उर्लाबारी नगरपालिकाबाट ५ लाख रुपैयाँ प्राप्त भएको प्रअ प्याकुरेलले बताए । अक्षयकोषमा प्राप्त रकम बैंकमा दाखिला गरिएको र अन्य रकम स्वर्ण महोत्सवको अवसरमा खर्च भएको विद्यालयले जनाएको छ । महोत्सवबाट ४४ हजार ४१५ रुपैयाँ बचत रहेको प्रअ प्याकुरेलले बताए ।
स्वर्ण महोत्सवका अवसरमा विद्यालयको उनन्नयनका लागि योगदान पु¥याउने ७ सयभन्दा बढी चन्दादाता, जग्गादाता, जनप्रतिनिधि, शिक्षक तथा पूर्व विद्यार्थीहरुलाई योगदानको आधारमा सम्मान गरिएको थियो । उर्लाबारीकै पुरानो विद्यालय सुनपकुवामा २०७५ सालदेखि अंगे्रजी माध्यममा पढाइ सुरु भएकोमा हाल नर्सरीदेखि कक्षा १२ सम्मनै अंग्रेजी माध्यममा कक्षा सञ्चालन भइरहेका छन् । एक हजार ३ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा ५० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय