About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ माघ
ताप्लेजुङको चाँगे थातथलो भई हाल झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका चाँगेलीहरुको एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालको आयोजनामा झापाको केर्खामा शनिबार आयोजित फुटबल प्रतियोगितामा मोरङ (जुनियर) प्रथम भई ट्रफीसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, सुनसरी–झापा ( सिनियर) ले दोस्रो हुँदै नगद ३० हजार र ट्रफी प्राप्त गर्यो ।
उता, भेट्रानतर्फ मोरङको टिम प्रथम र झापा–सुनसरीको टिम दोस्रो भए । प्रथम र दोस्रोल नगद २५ हजार र १५ हजारसहित ट्रफी प्राप्त गरे । प्रदेश नं. १ का खानेपानी, सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । समाजको विकास र उत्थानमा योगदान गरेको मूल्याङ्कन गर्दै पत्रकार जगन्नाथ भट्टराई र डुक धिमाल, सामाजिक व्यक्तित्व मदन आङ्बुहाङ, गोपाल गौतम, नरजुङ आङ्बुहाङ, दिलकुमार साम्रा (लिम्बू) लाई सम्मान गरिएको थियो ।


एकता समाजले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेश सरकारको मन्त्री बन्नुभएका प्रमुख अथिति तिलकुमार मेन्याङ्बोलाई समेत सम्मान गरेको समाजका संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले जानकारी दिए ।
समाजका केन्द्रीय अध्यक्ष विजयराज आङ्बुहाङको सभापतित्वमा भएको उक्त एक दिवसीय फुटबल प्रतियोगितामा झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने चाँगेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । युवादेखि बृद्ध उमेरसम्मका चाँगेलीहरु खेलमा सहभागी भएको खेल विभाग प्रमुख देउमान साम्रा लिम्बूले जानकारी दिए ।
खेल खेलाउनुको औचित्यका बारेमा प्रष्ट पार्दै समाजका संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले भने, ‘चाँगेलीहरुबीच आपसी सद्भाव र भाइचारा सम्बन्ध स्थापित गराउन खेल खेलाइएको हो ।’


उनले भने, ‘चाँगे हाम्रो थातथलोमा विभिन्न भेषभुषा, संस्कृति, धर्म, भाषा थिए । यी सबैलाई एकत्रित गरी लैङ्गिक विभेद र छुवाछुतरहित समतामूलक समाज निर्माण गर्ने उद्देश्य हाम्रो हो । चाँगे एक मिश्रित समाज भएको र त्यसलाई निरन्तरता दिँदै हामी जहाँ–जहाँ बसेका छाँै समाज उनीहरुको हितमा कार्यरत रहनेछ ।’ यस्तै, युवा वर्गलाई सँगसँगै अघि बढाउन र खेलको माध्यमबाट उनीहरुको क्षमता विकासका लागि एक दिवसीय खेलकुद कार्यक्रम आयोजना गरिएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय