About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत महेन्द्रजंग तामाङका अनुसार उम्मेद्वारको मनोनयन दर्ता भदौ १८ गतेलाई तोकिएको छ ।
निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशन भदौ १५ गते, मनोनयन दर्ता भदौ १८ गते बिहान ११ देखि ४ बजेसम्म, उम्मेद्वारी माथि दाबी विरोध सोही दिन साँझ ६ बजेसम्म, उम्मेद्वारी फिर्ता १९ गते १२ देखि २ बजेसम्म, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भदौ १९ गते ३ बजे गरिने कार्यतालिका रहेको छ । भदौ ३१ गते विहान ८ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
संघको निर्वाचनबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, उद्योग सचिव, बाणिज्य सचिव, कोषाध्यक्ष, पाँच सदस्य, लेखा संयोजक र दुई जना लेखा सदस्य गरी १६ पदका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत तामाङले बताए ।
निर्वाचन समितिले उम्मेद्वारी मनोनयनको दस्तुर समेत तोकेको छ । अध्यक्ष पदका लागि १० हजार, बरिष्ठ उपाध्यक्ष पदका लागि ८ हजार, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिवका लागि ७÷७ हजार, उद्योग सचिव, बाणिज्य सचिव, कोषाध्यक्ष र लेखा संयोजकका लागि ५÷५ हजार, कार्यसमिति सदस्य पदका लागि ३ हजार तथा लेखा सदस्य पदका लागि २ हजार शुल्क तोकिएको छ । उम्मेद्वारी दर्ता शुल्क आम्दानीमा बाँधिसकेपछि उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएपनि शुल्क फिर्ता नहुने समितिले जनाएको छ । संघको निर्वाचन सम्पन्न गर्नका लागि पूर्वअध्यक्ष महेन्द्रजंग तामाङ संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । समितिको सदस्यमा संघका पूर्वअध्यक्षहरु केशव कार्की र धर्मराज शाक्य रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय