About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ माघ
उर्लाबारीमा ‘वाक द टक’ कार्यक्रम आज सम्पन्न भएको छ । उर्लाबारी नगरपालिका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त आयोजनामा उर्लाबारी नगरपालिकादेखि करिब चार किलोमिटर हिँडेर सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा वीपीका प्राध्यापक डा. धरणीधर बरालले शारीरिक व्यायमका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।
नगर प्रमुख गंगाप्रसाद खरेलले यस प्रकारको कार्यक्रमले मानव स्वास्थ्यका लागि फाइदा पु¥याउने बताए । कुरा गर्दै हिँड्दा शारीरिक एवम् मानसिक स्फुर्ति बढ्ने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय