About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ माघ
उर्लाबारीमा जारी प्रादेशिक महाेत्सवकाे आज दाेस्राे दिन चर्चित गायिका ज्याेति मगर र भाइबर साइमन (साइमन विष्ट) काे प्रस्तुति रहने भएको छ । शनिबारदेखि सुरु महाेत्सवमा दैनिक चर्चित कलाकार सहभागी गराउने उद्देश्य अनुरुप आज मगर र साइमन आउने भएका हुन् ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बंगलादेशका गरी १७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी गराए । यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको उनको भनाई छ ।
९ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताए । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महोत्सवका सहसंयोजक प्रितम खड्गीले बताए । उर्लाबारी–४ नगरपालिका कार्यालय पूर्वपट्टि महोत्सव लगाइएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय