About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाको नबनिर्वाचितकार्य समितिको पदस्थापन गरिएको छ । दिनेश भट्टराईको सभापतित्वमानिर्बिरोध निर्बाचितकार्यसमितिको पदस्थापनगरिएको हो । रेडक्रस इटहरीको उपसभापतिमा गिता श्रेष्ठ,सचिवमा सञ्जिव ढुङ्गाना , कोषाअध्यक्षमा पर्शुराम दुलाल,उपसचिवमा हरी प्रसाद तिमिल्सिना र उपकोषाध्यक्षमा डाक्टर खगेन्द्र ओली निर्विरोध निर्वाचित हुनुभएको छ ।यसैगरी सदस्यहरुमा कमला निरौला दिव्यराज गुरुङ्ग ,नरेन्द्र अग्रवाल , यमुना गुरागाई र नकुलसिहं ठकुरीको पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रममा प्रमुखअतिथि रेडक्रस सुनसरीका सभापति उमेश थापा,प्रदेश सांसद रेवतीरमण भण्डारी,रेडक्रस इटहरीका सस्थापक सभापतिराजेश श्रेष्ठ,निर्वमान केन्द्रीय सदस्यबाशुदेब गौतम,समाजसेवी लेखनाथ घिमिरेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामनाब्यक्त गर्नुभयो । नवनिर्वाचित सभापतिदिनेश भटटराईले इटहरी ४ भेटघाट चौकमा केन्द्रले भोगाधिकार उपलब्ध गराएको तीन कठठा जग्गामा रेडक्रसको भवननिर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले भवननिर्माणमा आफनो ब्यक्तिगततर्फबाट दुईलाख सहयोग गर्ने समेत घोषणा गर्नुभयो । निर्वतमान सभापति बिमल पौडेलले रेडक्रस अभियानमा आफनो निरन्तर सहयोग रहने बताउनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय