About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,महिला तथा बालबालिका मन्त्री भगवती चौधरीले जेष्ठ नागरिक भत्ता जेष्ठ नागरिककै हातमा घरमै पुरयाइने गरि तयारी भइरहेको बताउनुभएको छ । मन्त्री चौधरीले इटहरीमा प्रदेश स्तरीय वृद्धावस्था ब्यवस्थापन एवं स्याहारकर्ता तालिमको उदघाटन गर्दै त्यसो भन्नु भएको हो । जेष्ठ नागरिक भत्ता जेष्ठ नागरिकले नपाएको, परिवारका सदस्यहरुले लाने गरेको गुनासो सम्वोधन गर्न जेष्ठ नागरिककै हातमा पुरयाउने ब्यवस्था मिलाइने बताउनुभयो । उहाँले स्थानीयपालिका,बैंक बित्तीय सँस्थाहरु सँग समन्वय गरेर यस्तो ब्यवस्था मिलाइने नीति रहेको जानकारी दिनुभयो । जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिने सवै जेष्ठ नागरिकका लागि दन्त उपहार कार्यक्रम सञ्चालन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । सुरुमा पाइलट प्रोग्राम स्वरुप सुनसरीबाट यो कार्यक्रम सुरु गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश सासद रोहितबहादुर कार्कीले बिचारलाई उमेरले नछेक्ने मा जोड दिनुभयो । ७१ बर्षिय कार्की प्रदेशसभामा दोश्रो जेष्ठ सदस्य हुनुहुन्छ । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जेष्ठ नागरिकको हीतका लागि प्रशासन सधै तत्पर रहेको बताउनु भयो । कार्यक्रममा राष्टिय जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्यहरु सूर्य प्रसादश्रेष्ठ,जगदिश प्रसाद ओली लगायत बोल्नुभयो । तालिममा प्रदेश नम्वर १ का १४ जिल्लाबाट ३५ जनाको सहभागिता छ । यसै बिच मन्त्री भगवती चौधरीले मायाँ घर इटहरीको नयाँ भवनको शिल्यान्यास गर्नुभएको छ । ३ तला र २७ कोठाको नयाँ भवन निर्माण गरिने मायाँघरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिनुभयो । मायाँ घरमा अहिले १३२ जना मानसिक सन्तुलन ठीक नभएका,आफन्तको ठेगान नभएका महिलालाई आश्रय दिइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय