About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ माघ
मोरङको उर्लाबारी नगरपालिकामा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । उर्लाबारी नगरपालिकाको प्रवद्र्धनमा उर्लाबारीका जागरुक महिलाहरुले कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।
कोसेली घरको आज उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख खरेलले उर्लाबारीमा उत्पादन भएका बस्तुहरुको प्रवद्र्धनमा कोसेली घरले सहयोग पु¥याउने बताए । उनले स्थानीय उत्पादन र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै, उपप्रमुख मीना खतिवडा पौडेलले उर्लाबारीमा महिला उद्यमीहरुको सक्रियता निक्कै उत्साहजनक रहेको बताउँदै जति सक्दो धेरै उत्पादन गरेमा मात्रै कोसेली घर राम्रो र उत्कृष्ट हुने बताइन् ।


कोसेली घरमा उर्लाबारीमा उत्पादन भएका बस्तुहरु राखिएको कोसेली घरकी संयोजक फूलमाया लिम्बूले जानकारी दिइन् । कोसेली घरमा उर्लाबारीमा उत्पादन भएका ढाकाका लुगाकपडा, मह, च्याउ, अचार, सातुलगायत सामग्री राखिएको छ । उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडा नं. ५ का वडाध्यक्ष रविन लामालगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय