About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ माघ
नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाका सभापति मदनबाबु प्रसार्इँले आफ्नो कार्यकालमा भए गरेका गतिविधि सार्वजनिक गरेका छन् । २०७१ देखि हालसम्म दुई कार्यकाल उपशाखा सभापति भएका उनले उर्लाबारी रेडक्रसलाई चलायमान बनाउनुका साथै सामाजिक क्षेत्रमा विभिन्न कार्य गरेको बताएका छन् ।
आज पत्रकार सक्षात्कार कार्यक्रमको आयोजना गरी उनले नेरेसो मोरङको नाममा दर्ता कायम भएको उर्लाबारी–४ मा रहेको ५ कठ्ठा जग्गाको भोगाधिकार उर्लाबारी उपशाखाको नाममा कायम गरेको, २०७५ सालमा आफ्नै जग्गामा भवन निर्माण गरी रक्तसञ्चार सेवा सुरुआत गरेको, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा ब्लड बैंकको सेवा केन्द्र विस्तार गरी २४ सै घण्टा सेवाको सुरुआत गरेको, मधुमल्लामा नेरेसो उपशाखा स्थापना गरिएको जानकारी दिए ।
यस्तै, भुकम्प, बाढी पहिरो, आगलागी पीडितलाई राहत प्रदान गरिएको, सदरमुकाम बाहिर पहिलो पटक नेरेसो मोरङको जिल्ला अधिवेशन उर्लाबारीमा सम्पन्न गरिएको, रेडक्रस बस्तीका नागरिकको माग अनुसार आइजोन नेट प्रालिसँगको सहकार्यमा फ्रि वाइफाइ जोन स्थापना गरिएको, उपशाखा भवनको कम्पाउण्ड वाल निर्माणको ७० प्रतिशत कार्य पूरा गरिएको, रेडक्रसकर्मी सदस्यहरुलाई डिजिटल परिचय पत्र वितरणको सुरुवात गरिएको सभापति प्रसार्इँले बताए । उर्लाबारी रेडक्रसले सर्पदंश उपचार कार्यक्रम सञ्चालनका लागि भवन निर्माण पूरा गरी आवश्यक सामग्री, जनशक्ति तयार गरिसकेको र सञ्चालनको अन्तिम तयारीमा रहेको उनले बताए ।
आफ्नो कार्यकालमा मानवीय सेवाका कार्यमा रेडक्रसले अन्य विविध गतिविधि गरेको सभापति प्रसाईँले बताए । उर्लाबारीमा रेडक्रसका गतिविधिलाई चलायमान बनाउन सभापति प्रसाईँको योगदान अतुलनीय रहेको आजीवन सदस्यहरु बताउँछन् ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको नयाँ नेतृत्व चयनका लागि माघ २१ गते निर्वाचन हुने भएको छ । निर्वाचनका लागि माघ २० गते दिउँसो १ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन दर्ताको समय तोकिएको छ ।सोही दिन साँझ ६ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र २१ गते बिहान ८ देखि २ बजेसम्म मतदानको समय तोकिएको छ । उर्लाबारी रेडक्रसमा ५५१ जना आजीवन सदस्य रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय