About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ माघ
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकान्त दुवाडी नेतृत्वको टोलीले आइतबार उर्लाबारी खानेपानीको निरीक्षण गरेको छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय र बृहत उर्लाबारी सहलगानी खानेपानी आयोजनाको निरीक्षण गर्न दुवाडीको नेतृत्वमा उप–महानिर्देशक माधवप्रसाद अधिकारी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरका आयोजना प्रमुख चोकप्रसाद धिताल, इन्जिनियर ज्योतिषकुमार मिश्र तथा खानेपानी विभागका लेखा प्रमुख कमलप्रसाद सापकोटालगायत उर्लाबारी आएका थिए ।
सो अवसरमा उर्लाबारी खानेपानीका अध्यक्ष चिन्तामणि पौडेल र कार्यालय प्रमुख राजु बुढाथोकीले उर्लाबारी खानेपानीको वर्तमान अवस्था तथा भावी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । बृहत उर्लाबारी सहलगानी खानेपानी आयोजना अन्तर्गत उर्लाबारी वडा नं. १, ८ र ९ मा खानेपानी ट्याङ्की निर्माण साथै पाइप लाइन विस्तारको काम भइरहेको अध्यक्ष पौडेलले बताए । निरीक्षणका क्रममा आगामी दिनमा विभागबाट हुन सक्ने सहयोगको बारेमा समेत छलफल भएको कार्यालय प्रमुख राजु बुढाथोकीले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय