About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, १२ माघ
मोरङको पथरीशनिश्चरे नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको हलमा आज पत्रकार सम्मेलनको आयोजना गरी सभाले गरेको निर्णय सार्वजनिक गरिएको छ ।
नगरसभाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र शिक्षा सम्बन्धी विधेयक पारित गरेको नगर प्रवक्ता नवीन कार्कीले जानकारी दिए । साथै नगरसभाले सुकुम्बासीलाई जसको जग्गामा बसेपनि जोतभोगको आधारमा धनीपुर्जा दिन संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने, सुकुम्बासी बसेको जग्गाको कर नगरले नलिने, अध्ययन गरेर नगरमा सर्पदंशको उपचार केन्द्र स्थापनाको लागि पहल गर्ने निर्णय गरेको उनले बताए ।
पूर्व र पश्चिम बस स्टेण्डमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर क्षेत्रमा रहेको डाँस, सुनझोडा र बक्राहाको नदीजन्य पदार्थ छिमेकी पालिकाहरुले उत्खनन तथा बिक्री वितरण गरिरहेको बारे जिल्ला समन्वय समितिसँग समन्वय गरेर सो कर्य रोक्न प्रक्रिया अघि बढाउने निर्णय नगरसभाले गरेको छ । ल्याण्डफिल्ड साइडका विषयमा उर्लाबारी लगायत छिमेकी पालिकासँग समन्वय गरेर स्थानान्तरणको प्रयास थाल्ने नगर प्रमुख मोहन तुम्बापोले बताए । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै नगर प्रमुख तुम्बापोले भेटनरी ब्याबसायीहरुले कर बृद्धि बारे गुनासो गरेपछि कर घटाइएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा प्रवक्ता नवीन कार्कीले विज्ञप्ति बाचन गरेर निर्णयहरु सार्वजनिक गरेका थिए । कार्यक्रम नगरका सूचना संयोजक सन्तोष राईले सञ्चालन गरेका थिए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय