About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ माघ
उर्लाबारीमा आयोजित विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधि दमकको सिद्धार्थ बोर्डिङ स्कुलले जितेको छ । आज भएको फाइनल खेलमा उर्लाबारी–८ को लक्ष्मी माविलाई पराजित गर्दै सिद्धार्थले उपाधि हात पारेको हो ।
मोरङ मोडल कलेज उर्लाबारीको आयोजनामा सोमबारबाट सुरु प्रतियोगिता आज सम्पन्न भएको हो । उपाधिसँगै सिद्धार्थले नगद २५ हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको लक्ष्मी माविले १५ हजार नगदसहित ट्रफी, मेडल प्राप्त गरेको आयोजक मोरङ मोडल कलेजका प्रवन्ध निर्देशक यादप भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा आयोजक मोरङ मोडल तेस्रो भएको छ । मनोहर जनता मावि मिक्लाजुङलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको मोरङ मोडलले १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ । यसअघि रतुवामाईको सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको भएपनि प्रोटेस्ट परेपछि मनोहर जनतालाई विजयी घोषणा गरी सेमिफाइनल खेलमा सहभागी गराइएको थियो ।
विजेता, उपविजेता टिमलाई प्याव्सन प्रदेश समिति सदस्य भुवन श्रेष्ठ, प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेल, कलेजका प्रवन्ध निर्देशक यादप भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उर्लाबारी, दमक, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका १६ विद्यालयले सहभागिता जनाएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय