About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० माघ
उर्लाबारीमा जारी विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगितामा मोरङ मोडल आमावि, सिद्धार्थ बोर्डिङ, सरस्वती मावि र लक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका छन् ।
आज सम्पन्न क्वाटरफाइनलका खेलमा भृकुटी मोडल एकाडेमीलाई पराजित गर्दै मोरङ मोडलले सेमिफाइनल यात्रा तय ग¥यो । यस्तै, सरस्वती मावि रतुवामाईले मनोहर जनता मावि मिक्लाजुङलाई पराजित ग¥यो । अर्को खेलमा विजेता बनेको सिद्धार्थ बोर्डिङ दमकले राधिका माविलाई र लक्ष्मी मावि उर्लाबारीले उर्लाबारी बहुमुखी क्याम्पसमाथि जित निकाल्यो ।
भोलि हुने पहिलो सेमिफाइनलमा मोरङ मोडल आमावि र सिद्धार्थ बोर्डिङबिच र दोस्रो सेमिफाइनलमा सरस्वती मावि र लक्ष्मी माविबिच प्रतिस्पर्धा हुने आयोजक मोरङ मोडल कलेजका प्रवन्ध निर्देशक यादप भण्डारीले जानकारी दिए । कलेज प्राङ्गणमा सञ्चालित प्रतियोगिताको फाइनल खेल पनि भोलि नै हुने उनले बताए ।
प्रतियोगितामा उर्लाबारी, दमक, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका १६ विद्यालयले सहभागिता जनाएका थिए । खेलमा प्रथम, दोस्रो र तेस्रोले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित मेडल र ट्रफी प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत ट्रफीको व्यवस्था गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय