About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,खानेपानी सिचाँई तथा उर्जा मन्त्रालय प्रदेश १ ले बिद्युतीय सवारी साधन चार्ज गर्न बिद्युतीय चार्जिङ्ग स्टेसन निर्माण गर्ने भएको छ । खानेपानी सिचाँई तथा उर्जा मन्त्री तिल कुमार मेन्याङवोले बृहत बिराट क्षेत्र अन्र्तगत पर्ने शहरहरुमा बिद्युतीय सवारी साधन चार्ज गर्ने दु्रत चाजिङ्ग स्टेसन निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेर पदवहाली गर्नुभयो । बिद्युतीय चार्जिङ्ग स्टेसन निर्माण बाट राज्यमै उत्पादित बिद्युतको खपत भई बैदेशिक मुद्रा खर्च कटौती हुने मन्त्री मेन्याडवोको अपेक्षा छ । पेट्रोलियम पदार्थको आयात घटने भएका कारण यसले अर्थतन्त्रमा सानै भएपनि सहयोग पुग्ने उहाँको बिश्वास छ । प्रदेश नम्वर १ मा पनि बिद्युतीय सवारी साधन प्रतिको आकर्षण वढदै गएको अवस्थामा खानेपानी सिचाँई तथा उर्जा मन्त्रालयले चार्जिङ्ग स्टेसन निर्माण गर्ने भएको हो । अहिले बिद्युतीय सवारी साधन चार्ज गर्ने दु्रत चाजिङ्ग स्टेसनको अभाबमा सवारी धनीले घर घरमै चार्ज गर्दै आएका छन । त्यसो हुदाँ चार्ज गर्न समय धेरै लाग्दै आएको छ ।सुरुमा धरान,इटहरी र बिराटनगरमा यस्तो स्टेसन निर्माण गरिने र अन्य शहरहरुमा पनि थप गर्दै लगिने मन्त्री मेन्याङवोले जानकारी दिनुभयो । मन्त्री मेन्याडवोले मन्त्रालयका कर्मचारीहरुलाई इमान्दारिता पूर्वक कार्य गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो म कति समय मन्त्री हुन्छु थाहा छैन तर जति समय हुन्छु इमान्दारितापूर्वक काम गर्छु र तपाईहरु बाट पनि इमान्दारिता पूर्वक कार्यको अपेक्षा गर्छु ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय