About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ८ माघ
मोरङको उर्लाबारीमा सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सवलाई सफल बनाउन उर्लाबारीमा क्रियाशिल राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् । माघ २१ देखि २९ गतेसम्म चल्ने महोत्सव सफल पार्न उर्लाबारीमा क्रियाशिल राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा र नेकपा एकीकृत समाजवादीले ऐक्यबद्धता जनाएका हुन् ।
आज सार्वजनिक गरिएको ऐक्यबद्धता पत्रमा काँग्रेसका नगर कार्यवाहक सभापति राजन रायमाझी, एमालेका नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोला, माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, राप्रपाकी कार्यवाहक नगर अध्यक्ष निरुपा खड्का, जसपाका नगर अध्यक्ष मातृका धिमाल र एकीकृत समाजवादीका नगर अध्यक्ष डिबी थापाले हस्ताक्षर गरेका छन् । राजनीतिक दलहरुले सम्पूर्ण उद्योगी व्यवसायी, पेशाकर्मी एवम् आम जनसमुदायमा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन आह्वान गरेका छन् ।
९ दिनसम्म सञ्चालन हुने प्रादेशिक महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने लक्ष्य राखिएको छ । उर्लाबारी– ४ नगरपालिका कार्यालय पूर्वपट्टि सञ्चालन हुने महोत्सवले नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउने महोत्सवका संयोजक तथा उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय