About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ माघ
उर्लाबारी जेसीजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उर्लाबारी जेसीज सन् २०२२ का अध्यक्ष तारानाथ दाहालले सन् २०२३ का अध्यक्ष सीताराम ओझालाई पद हस्तान्तरण गरे ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराई भरत, जेसीजका केन्द्रीय पदाधिकारी, विभिन्न शाखाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सन् २०२२ का अध्यक्ष दाहालले आफ्नो कार्यकाल सफल पार्न सहयोग पु¥याउने कार्यसमितिका उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गरेका थिए । साथै, सन् २०२३ का अध्यक्ष सीताराम ओझाले आफ्नो टिमलाई पूर्णता दिँदै सपथ गराएका थिए । ओझाले समितिको महासचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप पौडेल, कानुनी सल्लाहकारमा रञ्जित श्रेष्ठ र सचिवमा रोशन घिमिरेलाई मनोनयन गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय