
उर्लाबारी, ७ माघ
अरनिको हस्पिटल प्रालि उर्लाबारीको अध्यक्षमा पुनः लोलिम पोमू लिम्बू चयन भएका छन् । आज सम्पन्न नवौं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षे कार्यकालका लागि लिम्बू सर्वसम्मत् अध्यक्ष चयन भएका हुन् ।
सर्वसम्मत् चयन भएको समितिको सचिवमा रञ्जित पोमू लिम्बू, सदस्यहरुमा डा. सन्दिप अधिकारी, बालकृष्ण सुब्बा, बुधराज सेम्बू, विश्वास पोमू र सन्नी लाबुङ रहेका छन् । यस्तै, सल्लाहकार समिति संंयोजकमा आइन्बा पोमू लिम्बू र सदस्यहरुमा सुरेन्द्र लाबुङ, डा. सम्पन्न बुढाथोकी, चिरञ्जीवी चुडाल र विष्णुबहादुर थापा मगर रहेका छन् ।



