
उर्लाबारी, ७ माघ
प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले स्वास्थ्य क्षेत्रमा निजी अस्पतालहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । आज उर्लाबारी–५ स्थित अरनिको हस्पिटलको नवौं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनुभएका खापुङले अस्पतालहरु नाफामुखीभन्दा पनि सेवामुखी हुनुपर्ने धारणा राखे । स्वास्थ्य, शिक्षाको विकास नभई देश विकास हुन नसक्ने बताउँदै उनले अस्पतालहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले कयाँैं बिमारीहरु गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको र सबैको पहुचँमा स्वास्थ्य सेवा पु¥याउन सदनमा आवाज उठाउने बताइन् । कतिपय विमारीहरु उपचार गर्दागर्दै टाट पल्टिएकोमा चिन्ता व्यक्त गर्दै उनले आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्नु हरेक नागरिकको संवैधानिक अधिकार भएको बताइन् । विपन्न विमारीहरुको निःशुल्क उपचार गरी अरनिको अस्पतालले सामाजिक दायित्व निर्वाह गरेको भन्दै उनले प्रशंसा गरिन् ।
यस्तै, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले स्वास्थ्यप्रति अतिसंवेदनशील भएर कार्य गर्नुपर्ने बताए । उर्लाबारीको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि पहिलो प्राथमिकतामा राखेर अघि बढेको उनले बताए । अरनिको हस्पिटलको सेवाले यस क्षेत्रका बिमारीहरुले कतिपय रोगको उपचारमा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । नाफामुखीभन्दा पनि सेवामुखी भएर बिमारीको उपचारमा लाग्न आग्रह गर्दै मेयर खरेलले स्वास्थ्यका विविध गतिविधिमा साथसहयोग रहने बताए ।
साधारणसभामा उर्लाबारीका पूर्वमेयर खड्ग फागोले अरनिको हस्पिटलले गुणस्तरीय सेवा प्रदान गर्दै आएको भन्दै प्रसंसा गरे । सो अवसरमा राप्रपा उर्लाबारी महिला विभाग प्रमुख निरुपा निरौला, रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष हेमचन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूको अध्यक्षतामा सम्पन्न साधारणसभामा सदस्य आइन्बा लिम्बूले अस्पतालको बारेमा प्रकाश पारेका थिए भने मेडिकल डाइरेक्टर सन्दीप अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
साधारणसभाको अवसरमा समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र पत्रकारलाई सम्मान र गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
आज श्रीसगरमाथा साकोसको सभाहलमा आयोजित साधारणसभामा हस्पिटलले उर्लाबारीका पूर्व मेयर खड्ग फागो, नमूना बाल गृहकी अध्यक्ष मीना बराल र मूर्तिकार मञ्जुल मितेरी, राजघाट स्वास्थ्य चौकीका प्रमुख सन्दिप नेयोङ्गलाई सम्मान गरेको छ । यस्तै, पूर्वज्योति साप्ताहिकका सम्पादक जगन्नाथ भट्टराई र पूर्वीकमाण्ड अनलाईनका सम्पादक सरोज बस्नेतलाई समेत सम्मान गरेको छ । उर्लाबारीको नाम देश विदेशमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले बताए ।
यस्तै, अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा जेहेन्दार तीन जना विद्यार्थीलाई जनही नगद १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । कार्यक्रममा राधिका मावि उर्लाबारी–६ को कक्षा १२ मा अध्ययनरत सुनिता चेपाङ, सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत सुमित्रा किस्कु र जालपा सिंहदेवी आधारभुत विद्यालय पथरीशनिश्चरे–१० कक्षा ४ मा अध्ययरत अर्जुन मगरलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले आफ्नो कार्यकालमा अस्पतालको विविध पक्षमा सहयोग पु¥याउने सञ्चालक तथा कर्मचारीलाई प्रसंसापत्र प्रदान गरेका छन् । प्रसंसापत्र प्राप्त गर्नेहरुमा सञ्चालक समितिका सदस्य सचिव रञ्जित पोमू, कोअर्डिनेटर बालकृष्ण लाबुङ, सञ्चालक सदस्य आइन्वा लिम्बू, मेडिकल डाइरेक्टर सन्दीप अधिकारी, डा. सम्पन्न बुढाथोकी, लेखा प्रमुख तेजबहादुर गुरूङ, प्रशासन प्रमुख रिपुराज भट्टराई र स्टोर विभाग प्रमुख रुपा फ्याक लिम्बू रहेका छन् ।