About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ६ माघ
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बालविकास सहजकर्ताहरुलाई क्षमता विकास तालिम प्रदान गरेको छ । पालिकाका २३ बालविकास केन्द्रमा कार्यरत सहजकर्तालाई तीन दिने तालिम प्रदान गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।
गाउँपालिकाको आयोजना र ह्युमन प्राक्टिस फाउण्डेशनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । फाउण्डेशनका मैवाखोला क्लस्टर अधिकृत तथा प्रशिक्षक नवराज श्रेष्ठका अनुसार तालिममा सहभागीहरुको सिकाइ उपलब्धी मापन गर्दा ८४ प्रतिशत रहेको छ । यस तालिमले मैवाखोलाका बालविकास केन्द्रहरुमा अध्ययनरत बालबालिकाहरुको सिकाइ उपलब्धीमा सहयोग पु¥याउनुका साथै शिक्षाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको अध्यक्ष वनेमले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय