About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ माघ
प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका छन् । कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन् ।
नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् भने बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादीका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास, जीवन आचार्यले पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय